१४ बैशाख २०८१, शुक्रबार

४ संगठनबिच सहकार्य
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेपाल पत्रकार महासंघको यहि चैत्र २५ गते हुने निर्वाचनकालागि बाँकेका चार पत्रकार संगठनबिच सहकार्य हुने भएको छ । केन्द्रिय एलाईन्सका आधारमा बाँकेका ४ संगठनबिच सहकार्यकालागि सहमती भएको हो ।

नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रगतीशिल पत्रकार संघ र प्रेस चौतारी नेपाल (माधव नेपाल पक्ष) बिच सहकार्यकालागि सहमती भएको प्रेस संगठन नेपाल बाँकेका संयोजक डक्ट धितालले जानकारी दिए ।

चार संगठनले केपी ओली सरकारको प्रतिगामी कमद बिरुद्ध स्पष्ट सन्देश दिन ब्यवसायीक पत्रकारहरु बिच बृहत्तर एकता कामय गर्ने, महासंघको आसन्न निर्वाचनकालागि पत्रकार संगठनबिच केन्द्र र प्रदेशको सम्झौता, सहकार्य अनुसार साझा र समावेशी नेतृत्व चयन गर्ने, प्रेस स्वतन्त्रताविरोधी कानुन खारेजीकालागि पहल गर्ने र श्रमजिवी पत्रकारहरुको पेशागत र ब्यवसायीक हक, हितका पक्षमा खबरदारी गर्ने लगाएतका प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन ।

साझा प्रतिवद्धतापत्रमा नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस संगठन बाँकेका संयोजक डक्ट प्रसाद धिताल, प्रगतिशिल पत्रकार संघ बाँकेका अध्यक्ष बिनोद पौडेल र प्रेस चौतारी नेपाल (माधव नेपाल पक्ष) का नेता गोबिन्द शर्माले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

  • १८ चैत्र २०७७, बुधबार प्रकाशित

  • Nabintech