१३ बैशाख २०८१, बिहीबार

कर्णालीमा पनि एमालेको समानान्तर कमिटी, संयोजकमा ज्वाला
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेकपा एमाले माधवकुमार नेपाल समूहले कर्णाली प्रदेशमा पनि समानान्तर कमिटी गठन गरेको छ।

कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको नेतृत्वमा प्रदेश कमिटी गठन गरिएको हो।
कमिटीको सचिवमा जाजरकोटका निरज आचार्य छन्। प्रदेश कमिटीको औपचारिक घोषणा भने भएको छैन।

अहिले प्रदेश कमिटीको संख्या र सदस्यहरुको विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए। बिहीबार साँझसम्म प्रदेश कमिटी घोषणा हुन सक्ने कर्णाली प्रदेश सभाका सांसद अम्मर थापाले बताए।

उनका अनुसार प्रदेश कमिटी र कर्णालीका १० वटै जिल्लामा समानान्तर कमिटीको घोषणा पनि आजै हुनेछ।

नेपाल समूहले बागमती प्रदेशका सबै जिल्लामा समानान्तर कमिटी गठन गरिसकेको छ। यस्तै कास्कीमा पनि समानान्तर गठन गरिएको छ भने युवा संघलगायतका केही भ्रातृसंगठनमा पनि समानान्तर कमिटी गठन भइसकेका छन्।

  • २६ चैत्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech