१४ बैशाख २०८१, शुक्रबार

पत्रकार महासंघ बाँकेमा भण्डारी
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।   नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्षमा दामोदर भण्डारी विजयी भएका छन् । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनमा २० सदस्यिय कार्यसमितिका लागि गत बुधबार भएको निर्वाचनमा भण्डारीको नेतृत्वको टिमले कार्यसमितिमा कब्जा जमाएको हो ।

३२३ सदस्य रहेको बाँके शाखाको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा २९६ मत खसेको थियो । जसमध्ये भण्डारीले १ सय ५७ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्दी डक्टप्रसाद धितालले १ सय ३९ मत प्राप्त गरेको निर्वाचन अधिकृत केशव कोईरालाले जानकारी दिए ।

विजयी उम्मेदवारहरु।

उपाध्यक्षमा संगीन शर्मा र महिला उपाध्यक्ष करुणा शाह बिजयी भएका छन । महासंघको सचिवमा धिताल नेतृत्वको प्यानलबाट कमल डाँगी बिजयी भएका छन । सहसचिव कृष्ण ओली, सहसचिव (समावेशी) हेमन्त चौधरी र कोषाध्यक्ष पदमा बिनोद पौडेल बिजयी भएका
छन । सहसचिव दुबै जना र कोषाध्यक्ष भण्डारी प्यानलकै हुन ।

यसैगरी सदस्यहरुमा भण्डारी प्यानलका भिष्मप्रसाद लोध, महिला सदस्यमा सावित्री गिरी, सदस्य मोहम्मद जावेद हलवाई, दिनेश ठाकुर, सुनील रेग्मी, जाबेद अहमद साह, खगेन्द्रप्रसाद आचार्य, शौरभ गिरी, निर्मल आचार्य, शंकर लामिछाने बिजयी भएका छन भने धिताल प्यानलबाट दलित महिला सदस्यमा पबित्रा परियार विजयी भईन ।

  • २७ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech