१४ बैशाख २०८१, शुक्रबार

अब छिटै लालपुर्जाः शान्ति ढकाल

नगर भित्र  भूमिहीन र अव्यवस्थित बसोबासी सोह् हजार ! ' जग्गा नाप जाच कार्य आज बाट शुरु ।

  • रबि रोकाया

बाँके बैजनाथ ।     कोहलपुर नगरपालिकामा  जग्गा  नाप जाच कार्यको शुभारम्भ   गरिएको छ ।

भुमिहिन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास  व्यवस्थापन  गर्नाका लागि जग्गा नाप जाचको शुभारम्भ गरिएको हो ।

कोहलपुर नगरपालिका वडा न १  बाट  नाप जाच कार्यको शुभारम्भ गरिएको हो ।

जिल्ला भूमि सम्बन्धि समस्या समाधान आयोग अध्यक्ष शान्ति ढकालको प्रमुख अथितिमा  आज कोहलपुर नगरपालिका वडा न १ बाट  नाप जाच  कार्यको  शुरुवात गरिएको हो ।

भूमि सम्बन्धि समस्या आयोग तथा लागत संकलन इकाइ कोहलपुरको आयोजनामा नाप जाच कार्यको  थानलनी गरिएको हो ।

नगरपालिमा हाल वडा न १ देखी १५ नम्बर वडाका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास तथ्यांक संकलन कार्य सम्पन्न गरिसकेको छ ।

तथ्यांक संकलनको आधारलाई हेर्ने हो भने नगर भित्र  भूमिहीन र अव्यवस्थित बसोबासी सोह् हजार रहेका छन् ।

नाप जाच कार्यको उद्घाटनमा प्रमुख अथिति  शान्ति ढकालले बैशाख अन्तिम सम्म  लालपुर्जा वितरण गरिने जानकारी गराईन् ।

भुमिहिन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास व्यवस्थापन गर्न आयोग कटिबद्ध रहेको र अब छिटै  भूमिहिनहरुले लालपुर्जा पाउने छन् ढकालले भनिन् ।

नाप जाच कार्यको उद्घाटनमा बोल्दै  विशिष्ट अथिति कोहलपुर नगरपालिका मेयर    लुट ब   रावत (एल्बी ) ले जनतासंग चुनावमा गरिएका बाचा पुरा गर्ने हेतुले सरकारले भुमिहिन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास व्यवस्थापन  गर्न लागिएको बताए ।

‘अब आयोगले   नीतिगत रुपमा आफ्ना काम कारवाही अनुरुप यहाँहरु लाई लालपुर्जा वितरण गर्ने छ ‘ ढुक्क रहनुहोला (एल्बी )  रावतले भने ‘।

कोहलपुर नगरपालिका उप मेयर सन्जु कुमारी चौधरी ,स्थानीय जनप्रतिनिधि  भुमिहिन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास आयोगका जिल्ला सदस्य गोपाल गिरी ,  नापी अधिकृत पूर्ण प्रसाद पाण्डे ,मातपोत कार्यालयका प्रतिनिधि नगर स्तरीय राजनितिक दलका प्रतिनिधिहरुले सहभागिता जनाएका थियो ।

कोहलपुर नगरपालिका वडा न १ का अध्यक्ष गोपीलाल खनालको अध्यक्षतामा कार्यक्रम संचालन गरिएको थियो ।

  • २७ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech