१२ बैशाख २०८१, बुधबार

नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेपाल पत्रकार महासंघ बाँकेको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । मंगलबार एक कार्यक्रमका बिच संघका निवर्तमान अध्यक्ष ठाकुरसिंह थारुले नवनिर्वाचित अध्यक्ष दामोदर भण्डारीलाई पदभार हस्तान्तरण गरेका हुन । त्यसैगरी निवर्तमान सचिव तिलक गाँउलेले नवनिर्वाचित सचिव कमल डाँगीलाई माईन्युट हस्तान्तरण गरेर जिम्मेवारी सुम्पीएका छन ।

त्यसक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष भण्डारीले महासंघको गरीमालाई कायम राख्दै सबै पत्रकारहरुको साझा संस्थाका रुपमा स्थापित गराउने प्रतिवद्धता जनाएका थिए । उनले निवर्तमान कार्यसमितिबाट सहयोगी भूमिकाको अपेक्षा रहेको बताउँदै महासंघलाई राजनितिक हस्तक्षेपबाट मुक्त गर्ने उद्घोष समेत गरेका छन ।

पदभार हस्तान्तरण कार्यक्रममा बोल्दै निर्वतमान अध्यक्ष थारुले आफ्नो नेतृत्वमा महासंघमा भएका महत्वपूर्ण उपलब्धीहरुका बारेमा जानकारी गराएका थिए । उनले महासंघलाई भौतिक स्रोतसाधन तथा संस्थागत विकासमाका हिसाबले अब्बल बनाउन आफ्नो कार्यसमितिले अथक प्रयास गरेको समेत बताए । नयाँ नेतृत्वलाई कार्यालयमा स्वागत गर्दै निवर्तमान अध्यक्ष थारुले सबै पत्रकारहरुलाई समेटेर अद्दि बढ्न सुझाव समेत दिएका थिए ।

  • ३१ चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech