१५ चैत्र २०८०, बिहीबार

नेपालगञ्जका विद्यालय एक साताका लागि बन्द
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कोरोनाको संक्रमण फैलिदै गएपछि नेपालगन्ज उपमहानगरपालिकाले शुक्रवारदेखि लागु हुनेगरी एक साताका लागि शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिका विपद् ब्यवस्थापन समितिको बिहिबार बसेको बैठकले एकसाताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो । पछिल्लो समय कोभिड संक्रमण उच्च गतिमा बढ्दै गएपछि उपमहानगरपालिका भित्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो ।

नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्दका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ ।

बैठकले भारतबाट आउनेहरुको सीमानाकामा स्वास्थ्य परीक्षण तथा एन्टिजिन परीक्षणका लागि थप कडाई गर्ने निर्णय गरेको छ । माक्र्स अनिवार्य लगाउने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनूगमनलाई पनि कडाई गर्ने निर्णय भएको छ । माक्र्स नलगाई कारोबार गर्ने पसल ब्यवसाय कम्तिमा एकसाताका लागि बन्द गर्ने निर्णय समितिको छ । घरबाहिर माक्र्स नलगाई आवागमन गर्नेलाई कारवाही गर्न बैठकले माग गरेको छ ।

  • २ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech