२६ बैशाख २०८१, बुधबार

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा दाहाल सहभागी नहुने
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी नहुने भएका छन्।

प्रधानमन्त्रीले आज बिहान ११ बजे सर्वदलीय बैठक बोलाएका छन्। सो बैठकमा दाहाल सहभागी नहुने दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

सर्वदलीय बैठकमा कोभिड महामारी, समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल हुने बताइएको छ। बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई बोलाइएको छ।

  • ४ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech