१५ बैशाख २०८१, शनिबार

भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा १०६ जनामा कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेको भेरी अस्पतालमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा परीक्षण गरिएका एक सय ९० वटा नमुनामध्ये १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए ।

बाँकेको भेरी अस्पतालमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परीक्षण गरिएका एक सय ९० वटा नमुनामध्ये १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए ।

कोरोना पुष्टि भएका अधिकांश बाँकेका रहेका छन् । जिल्लामा केही दिनयता दैनिक ठूलो संख्यामा संक्रमित थप भइरहेका छन् ।

नाकामा मात्र २५ जना कोरोना पोजिटिभ देखिएका छन् । बाँकेमा बाहिरी जिल्लाबाट उपचार गर्न आएका ९४ जनाको मृत्यु भइसकेको छ ।

शुक्रबार मात्रै भेरी अस्पतलामा १८३ वटा नमुना परीक्षण गर्दा १२७ मा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार पोजिटिभिटी रेट ६९.४ प्रतिशत रहेकोमा शनिबार ५५.७८ प्रतिशत देखिएको छ ।

  • ४ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech