८ बैशाख २०८१, शनिबार

कोहलपुरमा २ जना कोरोना संक्रमितको मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा कोहलपुरकै दुईजनाको मृत्यु भएको हो ।

कोहलपुर नगरपालिका-२ बर्दवाका ३५ वर्षीया महिलाको सोमबार दिउँसो ३ बजे र  ७७ वर्षीय पुरुषको राति ९ बजे  मृत्यु भएको हो । महिला र पुरुष दुवैलाई सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतक पुरुषमा दम र क्षयरोगसमेत थियो । यससँगै बाँकेमा कोरोनाले मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

  • ७ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech