बाँके बैजनाथ । बर्दिया बारबर्दिया नगरपालिको समन्यन तथा स्याक नेपाल बाँकेको आयोजनामा लन परियोजना सञ्चालन गरिएका वडाहरुमा लैगिंक रुपान्तरणमा महिलाको नेतृत्व बिकास तालिम संचालन गरिएको छ ।
प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।
सार्वजनिक सरोकारका विषयमा संयन्त्र तथा स्थानीय निकायहरुमा महिलाहरुको अर्थपुर्ण सहभागिता तथा प्रतिनिधित्व गराउने उद्देश्यले लैगिंक रुपान्तरणमा महिलाकोनेतृत्व बिकास तालिम आयोजना गरिएको स्याक नेपाल बाँकेले जनाएको छ ।
बारबर्दिया नगरपालीका शिक्षा तथा खेलकुद शाखाले लन परियोजनामा समन्वयन गरेको छ ।
तालिमको उद्घाटन गर्दै स्याक नेपाल बाकेका अध्यक्ष शिवलाल पाण्डेले महिलाहरु लाई सामाजिक परिवेश तथा गरिबी,पहुँच तथा नियन्त्रण,परिरहेको र यसको मुख्य कारण महिलाहरुको पहुच सुनिच्छि हुन नसकेको औल्याए ।
पाण्ढेले महिलाहरुको समान सहभागीता हुन आवश्यक रहेको बताए । राज्यले सबै तहमा महिलाहरुको ३३ प्रतिशत आरक्षण गरेता पनी यसको कार्यान्वय हुन सकिरहेको छैन् उनले भने ।
लन परियोजनाले मुख्य रुपमा लैगिंक मैत्री र महिलाहरुको सहभागितामा जोड दिइएको छ । लन परियोजनाले
बारबर्दिया नगरपालीकाका बिधालय तहमा लैगिंक मैत्री गुणस्तरिय शिक्षा प्रबद्धनका लागी प्रयास गरिरहेको छ ।
कार्यक्रममा वारबर्दिया नगरपालीकाका नगर प्रमुख दुर्गा बहादुर थारु (कविर) ले नगरपालीका क्षेत्रमा सञ्चालित सामुदायिक बिधालयको गुणस्तिर बृद्धिगर्नका लागी कार्ययोजना अनुसार कायान्वयन गरिहेको जानकारी गराए ।
थारुले नगरपालीकाले स्थानिय पाठ्यक्रम निर्माण प्रकृया शुरु गरि निर्माण कार्य सम्पन्न गर्नका लागी कार्ययोजना समेत बनाएको बताउदै महिलाहरुको अर्थपुर्ण सहभागिता गराइने प्रतिबद्धता व्यक्त गरे ।
तलिममा बारबर्दिया नगरपालीकाका बिभिन्न वडा का २० जना महिलाहरको सहभागिता गराइएको छ । ३ दिने तालिमको सहजिकरण प्रशिक्षक सुमित्रा कुमारी भण्डारी, शिवलाल पाण्डे, र शिक्षा शाखा प्रमुख टेक प्रसाद पाण्डेले गर्नेछन् ।