८ बैशाख २०८१, शनिबार

एमाले बैठकको निष्कर्ष : सांसदका स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेकपा एमाललेका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदहरुले बुझाएको स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’ रहेको निश्कर्ष एमाले बैठकले निकालेको छ । बालुवाटारमा जारी दसौं महाधिवेशन आयोजक कमिटी बैठकले स्पष्टीकरण ‘सफ्ट कर्नर’बाट आएको निष्कर्ष निकालेको हो ।

बैठकमा स्पष्टीकरण सोधिएका २७ संघीय सांसदमध्ये पाँच सांसदले जवाफ नबुझाएको रिपोर्टिङ भएको थियो ।

स्पष्टीकरण नबुझाउनेमा योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरा जैरु, दीपक भट्ट छन् ।

एक केन्द्रीय सदस्यका अनुसार सबैको स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट ’ र अधिकाशंको एउटै प्रकृतिको आएको निष्कर्ष बैठकको छ ।

स्पष्टीकरण बुझाएका सांसद गणेश पहाडी र हिरा केसीले मूलधारमा लाग्ने प्रतिबद्धता गरेको एक सदस्यले जानकारी दिए । त्यस्तै सांसद जयकुमार राई, सोमप्रसाद पाण्डे र कल्याणी खड्काको जवाफ पनि सफ्ट र सुझावसहित आएको निष्कर्ष बैठकले निकालेको छ ।

२७ सांसदलाई मंगलबार स्पष्टीकरण सोधिएको पत्र बुझाइएको थियो ।

स्पष्टीकरण बुझाएका सांसदहरुको व्यवहार हेरेर आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा अध्यक्ष ओलीले स्पष्टीकरणमा आग्रहपूर्ण दृष्टिकोण राख्ने र विगतमा गुटगत गतिविधि गरेको भए पनि सच्चिएर आउँदा ठाउँ दिने बताएका थिए । तर निहुँ खोजेर उद्दण्डता देखाउने र एमाले समाप्त गर्न लाग्छु भन्नेलाई कारबाही गरिने बताएका थिए । आजको कान्तिपुर बाट

  • १० बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech