१२ बैशाख २०८१, बुधबार

नेपालगन्ज मेडिकल कलेजमा बेड थपिने
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  भेरी अस्पतालको बेड भरिएपछि तत्काललाई कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा बेड थपिने भएको छ । तत्काललाई मेडिकल कलेजमा बेड बढाएर नेपालगन्जमा अक्सिजन सुविधासहितको आइसोलेसन सञ्चालन गरेर समस्या समाधान गरिने भएको छ ।

अहिले मेडिकल कलेजमा कोभिडका लागि सय बेड छुट्याइएको छ । बैठकले नेपालगन्जमा तत्कालै अक्सिजन सुविधासहितको आइसोलेसन सञ्चालनमा ल्याउने निर्णय गरेको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए ।

भेरीमा गम्भीर प्रकृतिका बिरामी आए पनि राख्ने ठाउँ नहुने भएपछि शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको बैठकले मेडिकल कलेज कोहलपुरमा दुई सय बेड सञ्चालन गर्ने निर्णय गरेको थियो ।

नेपालगन्जमा अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याउन सके सिकिस्त बिरामीलाई भेरीमा पठाउने र अरूलाई त्यहाँ राख्ने रणनीति बनाइएको छ ।

भेरीका सबै १ सय ४२ वटै बेड भरिएपछि दैनिक थपिरहेका बिरामीलाई कहाँ राख्ने भन्ने चिन्ता अब टर्ने भएको छ । बैठकले संघ र प्रदेश सरकारसँग स्रोत व्यवस्थापनका लागि पैसा माग्ने, समन्वय र व्यवस्थापनका लागि कन्ट्रोल टिम बनाई परिचालन गर्ने निर्णय गरेको छ । इकान्तिपुर

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech