१४ बैशाख २०८१, शुक्रबार

राईले भेरी अस्पताललाई ५ हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँके निर्बाचन क्षेत्र नं २ बाट संघिय संसदमा निर्वाचित सांसद तथा पूर्व मन्त्री मो. ईस्तियाक राईले नेपालगञ्जमा बढ्दो कोरोना संक्रमितको उपचारको लागि आवश्यक पर्ने अक्सिजन उपलब्ध गराउने भएका छन् ।

उनले आफ्नो निर्वाचन विकास कोषबाट रकमान्तर हुने गरी ५ हजार थान अक्सिजन सिलिन्डर भेरी अस्पताललाई उपलब्ध गराउने भएका हुन । नेपालगञ्ज उपमहानगरपालिका भित्र बाटो र धार्मिक संस्थाको निर्माण कार्य कार्यान्वयन नगरेको रकमलाई रकमान्तर गरी कोभिड विरामीका लागि आवश्यक पर्ने ५ हजार थान अक्सिजन सिलिण्डर भेरी अस्पताललाई उपलब्ध गराउन लागेको बताए ।

पछिल्लो दुईसाता यता बाँकेमा कोभिड संक्रमणदर अत्यन्त उच्च हुँदै गएको र उनीहरुको लागि बाँकेका अस्पतालमा अक्सिजन अभाव भएको खबर बाहिरीएपछि आफु सो निर्णयमा पुगेको उनले बताए ।

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech