७ बैशाख २०८१, शुक्रबार

नरैनापुर गाउँपालिकामा पुनः आइसोलेसन सञ्चालमा
  • न्युज मानसराेवर

बाँके बैजनाथ । कोरना संक्रमण बढ्दै गए पछि  बाँकेको नरैनापुर गाउँपालिकामा  आइसोलेसन संञ्चालानमा ल्याइएको छ ।

१ महिला सहित ७ जना पुरुषमा कोरना संक्रमित फेला परे पछि  गाउँपालिकामा पुनः आइसोलेसन सञ्चालमा ल्याइएको हो ।

नरैनागुर गाउँपालिकामा कार्यबाहक अध्यक्ष मसुद अहमद शाहको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले सो निर्णय गरिएको हो ।
बैठकले विभिन्न ९ वटा महत्वपूर्ण निर्णय गरेको छ ।

बैठकले विपत व्यवस्थापन कोषको रकम बाट तत्काल सिलिन्डर १० बेड सेट २५ थान खरिद गर्ने निर्णय गरेको छ भने आइसोलेसन हेर्थ डेक्स लगाएत मा खटिने अधिकृत स्तरका लाई प्रति दिन १३ सय अहेब लाई १ हजार १ सय स्टाफ नसै लाई ९ सय अनमी ८ सय चालक ५ सय उपलब्ध गराउने निर्णय गरेको   छ ।

यसै गरी  १ जना डाक्टर २ जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगी लाई २४ घण्टा आइसोलेसन काम गर्न निर्देशन गरिएको छ । यसका साथै  नरैनापुर गाउँपालिकाका वडाहरुमा स्वास्थ्य सेवा बाहेक मिति २०७८।०१।१२ गते देखी ०१। २१ गते सम्म वडामा स्वास्थ्य सेवा मात्र प्रदान गरिने जनाइएको छ ।

 

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech