१४ बैशाख २०८१, शुक्रबार

होम आइसोलेसनमा बसेका बृद्धले गरे आत्महत्या
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन । जसमध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो भने एक जनाले आत्महत्या गरेका छन ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोहलपुर नगरपालिका ९ का ६० वर्षीय पुरुषले शनिबार साँझ पौने ७ बजे आत्महत्या गरेका हुन ।

बैशाख ३ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा पिसिआर परिक्षण गराएका खत्री थरका ति ब्यक्तिलाई कोरोना संक्रमण देखिएपनि उनको अवस्था सामान्य थियो । स्वास्थ्य अवस्था सामान्य भएका कारण होम आइसोलेसनमा बसेका ति ब्यक्तिले शनिबार बेलुका आत्महत्या गरेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech