७ बैशाख २०८१, शुक्रबार

भोलिदेखि सुर्खेतमा एक हप्ता निषेध आदेश
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  सुर्खेतमा भोलि (मंगलबार)देखि लागू हुने गरी निषेध आदेश जारी गरिएकाे छ।

जिल्ला कोरोना संकट व्यवस्थापन समितिले भाेलि राति १२ बजेदेखि एक हप्ता निषेध आदेश लागू गर्ने निर्णय गरेको सुर्खेतका प्रमुख जिल्लाअधिकारी छविलाल रिजालले जानकारी दिए।

‘भोलिदेखि जिल्लाभर एक हप्ता निषेध आदेश जारी गर्ने निर्णय भएको छ,’ रिजालले भने, ‘कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेध आदेश लागू गर्न लागिएको हो।

सुर्खेतमा मात्रै ३०० बढी सक्रिय कोरोना संक्रमित छन्।

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech