१३ बैशाख २०८१, बिहीबार

कोहलपुरमा निको भएर ११ घर र्फिता
  • न्युज मानसराेवर

बाँके बैजनाथ । कोहलपुर नगरपालिका क्षेत्रका ११ जना कोरना संक्रमित निको भएर घर फिर्ता भएका छन् ।

पछिल्लो समय बाँकेको कोहलपुरमा कोरना संक्रमित संख्या  बृद्धि भने कायमै  छ । आज मात्र   ५२ जना संक्रमित थपिएको नगरपालिका स्तरीय कोभिड फोकल पर्सन गेहेराज खनालले जानकारी गराए ।

उनका अनुसार आज पुरुष २७ महिला २५ जना  संक्रमित देखा परेका छन् ।

५२ जना संक्रमिति सहित कूल ३ सय ९८ जना कोहलपुर नगरपालिका क्षेत्रमा संक्रमिति संख्या रहेको खनालले भने ।

कोहलपुर कोभिड अस्पतालमा पुरुष १५ जना १ महिला सहित १६ जना संक्रमित भर्ना भएका छन्  भने रेफर पूरुष २ जना र महिला २ जनालाई गरिएको छ ।

  • १५ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech