१४ बैशाख २०८१, शुक्रबार

बाँकेमा ९ घण्टाको अन्तरालमा ५ जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेमा कोरोना संक्रमणबाट पछिल्लो ९ घण्टामा ५ जनाले ज्यान गुमाएका छन । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बुधबार बेलुका ९ बजेदेखी बिहिबार बिहान ६ बजेको अवधिमा बाँकेका बिभिन्न अस्पतालमा उपचार गराईरहेका ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बुधबार बेलुका ९ बजे भेरी अस्पतालमा उपचार गराईरहेका नेपालगन्ज उपमहानगरपालिका ४ का ६० वर्षिय बृद्धको मृत्यु भएको थियो । बैशाख ६ गते पिसिआर चेक गराउँदा कोरोना संक्रमण देखिएका ति बृद्धको स्वास्थ्य अवस्था बिग्रदै गएपछि १५ बैशाखमा अस्पतालमा भर्ना गरीएको थियो । अस्पताल भर्ना भएकै दिन राती उनको मृत्यु भएको हो ।

त्यसैगरी कोहलपुर नगरपालिका ११ की ४३ वर्षिय महिलाको समेत कोरोनाबाट ज्यान गएको छ । १५ बैशाखमा कोरोना पुष्टि भएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर भर्ना गरीएकी ति महिलाको भर्ना भएको केही समय (राती ९ बजे) पछि नै मृत्यु भएको थियो ।

बुधबार राती नै नेपालगन्ज उपमहानगरपालिका ९ का ४२ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको थियो । १० बैशाखमा कोरोना संक्रमण पुष्टि भएका ति पुरुषलाई ११ गते भेरी अस्पतालमा भर्ना गरीएको थियो । अस्पतालमा उपचार भईरहेकै अवस्थामा १५ गते राती १० बजे ति पुरुषको मृत्यु भएको हो ।

भेरीकै उपचाररत बढैयाताल गाँउपालिका ८ बर्दियाका ३२ वर्षिय पुरुषको समेत मृत्यु भएको छ । बैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएका ति पुरुषलाई १५ गते बेलुका भेरी अस्पताल नेपालगन्जमा भर्ना गरीएको थियो । उनको १६ गते राती १:३० बजे मृत्यु भएको हो ।

त्यसैगरी आज बिहान नेपालगन्ज उपमहानगरपालिका ५ का ५५ वर्षिय पुरुषको मृत्यु भएको छ । १० बैशाखमा कोरोना संक्रमण देखिएका ति पुरुषलाई १५ गते भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरीएको थियो । अस्पतालमा भर्ना गरेर बिभिन्न बिधिबार कोरोनाको उपचार चलिरहेकै बेला बिहिबार बिहान ५:३० बजे ति पुरुषको मृत्यु भएको ओलीले जानकारी दिए ।

ओलीका अनुसार बिहिबार बिहानसम्म कोरोना संक्रमणकालागि बाँके जिल्लाका १०६ र जिल्ला बाहिरका १०९ जनाले ज्यान गुमाईसकेका छन ।

  • १६ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech