६ बैशाख २०८१, बिहीबार

सोनाहा जातिको परम्परागत पेशा संकटमा
  • रबि रोकाया

चिसापानी (कैलाली) सोनाहा जातिको परम्परागत पेशा संकटमा परेको छ ।
बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने सोनाहा जातिको पेशा माछा मार्ने र सुन्न जाल्ने  हो ।

सोनाहा लाई  लोप उन्मूख जाति भित्र सरकारले सूचिकृत गरेको छ ।

खाद्य अधिकार प्रवद्र्धनका लागि संचारकर्मीहरुको भूमिका विषय अन्तरक्रियामा सुदुरपश्चिमका पत्रकारहरुले उक्त विषय उठान गरेका
हुन् ।

बर्दिया राष्ट्रिय निकुञ्जको कडाईले कर्णालीमा सुन्न चाल्न मनाही गरेको छ भने स्थानीय सरकारले माछा मार्ने ठेक्का ठेक्दारलाई दिए पछि उनीहरुको पेशा संकटमा परेको हो ।

त्यसैगरी बादी,सुनार,मुक्त हलिया खाने पानी , सुकुमबासी लगाएत जातिहरु बषौदेखि खाद्य अधिकार बाट बन्चित रहेको कार्यक्रममा समस्याको रुपमा उठान गरिएको थियो ।

खाद्य अधिकारका क्षेत्रमा कलम चलाउने पत्रकारहरुले मुख्य रुपमा जिल्लागत सवालहरु र समाधानका पहल बारे छलफल गरिएको थियो ।

  • १६ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech