१३ बैशाख २०८१, बिहीबार

कोरोनाबाट एकैरात बाँकेमा ६ को मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेमा कोरोनाको कारण एकै रातमा ६ जनाले ज्यान गुमाएका छन । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार शुक्रबार राती मात्र कोरोना संक्रमणका कारण बाँकेमा उपचार गराईरहेका ६ जनाको मृत्यु भएको छ ।

ज्यान गुमाउनेका ज्यान गुमाउनेको तिन जना बाँकेका रहेका छन भने अन्य तिन जना बाहिरी जिल्लाका नागरीक रहेको बाँकेको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका ६ की ४७ वर्षिय महिलाको कोरोनाबाट मृत्यु भएको छ । बैशाख १५ गते अस्पताल भर्ना भएकी ति महिलालाई १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि कोरोना वार्डमा उपचार चलिरहेकै अवस्थामा शुक्रबार बेलुका ९:३० मा ति महिलाको मृत्यु भएको ओलीले जानकारी दिए ।

त्यसैगरी कोहलपुर नगरपालिका ११ का ३५ वर्षिय पुरुषको समेत उपचारकै क्रममा मृत्यु भएको छ । ११ बैशाखमा कोरोना संक्रमित भएर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराईरहेका ति पुरुषको मध्यराती साढे १२ बजे मृत्यु भएको हो ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका १० कि ५५ वर्षिय महिलाको शनिबार बिहान ४ बजे मृत्यु भएको छ । १३ बैशाखमा कोरोना संक्रमण देखिएपछि १४ गते भेरी अस्पताल नेपालगन्ज भर्ना भएकी ति महिलाको उपचारकै क्रममा शनिबार बिहान मृत्यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए ।

यसका साथै दाङका २ र कपिलवस्तुका १ गरी बाहिरी जिल्लाका ३ जनाको समेत उपचारकै क्रममा मृत्यु भएको ओलीले जानकारी दिए । दाङको तुलसीपुर उपमहानगरपालिका र दंगीशरण गाँउपालिका तथा कपिलवस्तुको कृष्णनगर नगरपालिकाका ४५, ६० र ५१ वर्षिय पुरुषहरुको नेपालगन्ज मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको हो ।

पछिल्लो मृत्युसँगै कोरोनाबाट बाँकेका ११८ जनाले ज्यान गुमाएका छन भने बाहिरी जिल्ला ११७ जनाको बाँकेका बिभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भईसकेको ओलीले जानकारी दिए ।

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech