१४ बैशाख २०८१, शुक्रबार

जसपाका चार सांसदको रिट दर्ता भएन
  • न्युज मानसराेवर

बाँके बैजनाथ । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चार जना प्रदेश सभा सदस्यको रिट दर्ता गर्न अस्वीकार गरेको छ ।

प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साल आफुलाई गरिएको कारवाहीको विरुद्ध रिट दर्ता गर्न आइतबार सर्वोच्च अदालत पुगेका थिए । तर, सर्वोच्च अदालतले कोभिड-१९ का कारण यसअघि नै बन्दी प्रत्यक्षीकरण र कोरोना बाहेकका सेवा स्थगन गर्ने जनाएकाले चार सांसदको रिट दर्ता नभएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी
दिए ।

  • १९ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech