१३ बैशाख २०८१, बिहीबार

स्थगित नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  प्रमुख विपक्षी दल नेपाली कांग्रेसको सोमबार स्थगित पदाधिकारी बैठक आज बस्ने भएको छ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो २ बजे पदाधिकारी बैठक बस्न लागेको हो। बरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि सोमबारका लागि बोलाइएको बैठक स्थगित भएको थियो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गरेपछिको परिस्थिति, विभिन्न प्रदेशमा उत्पन्न पछिल्ला घटनाबारे समीक्षा हुनुका साथै पार्टीको आसन्न १४औं महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ।

  • २१ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech