६ बैशाख २०८१, बिहीबार

कोरोना महामारी अन्त्यको कामना गर्दै बाँकेमा धर्मगुरुहरुले विशेष पूजा र प्रार्थना गर्दै
  • न्युज मानसराेवर

नेपालगन्ज : कोरोना हट स्पट बाँकेका विभिन्न धर्र्मका धर्मगुरुहरुले आज (बुधबार) अपरान्ह कोरोना महामारी अन्त्यको कामना गर्दै एक साथ आआफ्ना धार्मिक स्थलमा विशेष पूजा अर्चना र प्रार्थना गर्ने भएका छन् ।

अन्तर धार्मिक तथा सामाजिक सदभाव मञ्च नेपालगन्जको आह्वानमा अपरान्ह ४ः३० बजेदेखि ५ बजेसम्म ​मन्दिर, मस्जिद, गुम्बा, गुरुद्वारा र चर्चमा एकै साथ पूजा अर्चना र प्रार्थना गर्न लागिएको मञ्चका अध्यक्ष बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले बताए । महन्त योगीले भने, कोरोना महामारी चाँडै हटोस्थ र थप क्षति नहोस् भन्न पूजा, प्रार्थना र कामना हुनेछ ।

पूजा र प्रार्थना सकेपछि सबै धर्मका धर्मगुरुहरु बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको पार्कमा भेला हुनेछन् । त्यहाँबाट सबै धर्मगुरुले एकसाथ सम्पूर्ण सर्वसाधारणलाई कोरोनाविरुद्धको सचेतनामूलक सन्देश दिने कार्यक्रम रहेको योगीले बताए । मञ्चका सदस्य मुस्लिम धर्मगुरु मौलाना जब्बार मञ्जरीले संकटको बेला सब धर्मगुरुहरुले सर्वसाधारणको मनोबल बढाउन यो विशेष प्रार्थना र पूजा गर्न लागेको बताए ।

त्यसैगरी बिहीबार बेलुकी नेपालगन्जवासीले स्वस्फूत रुपमा द्वीप प्रज्ज्वलन गर्ने भएका छन्। कोरोना महामारीको अन्त्य, कोरोना संक्रमितको शीघ्र स्वास्थ्य लाभको कामना, बिरामीहरुका परिवार र उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीसहित सब नेपालीको मनोबल बढाउन र मृतकको आत्माको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्न लागिएको बताइएको छ । मेरो खुसी

  • २२ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech