१४ बैशाख २०८१, शुक्रबार

एमाले एकताबारे विष्णु पौडेलको सक्रियता
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  एमाले विभाजन हुन नदिन अर्थमन्त्री एवम् नेता विष्णु पौडेल सक्रिय भएका छन्। उनले बिहीबार माधवकुमार नेपाल समूहका दोस्रो तहका नेतासँग एकता प्रक्रियाबारे छलफल गरेका हुन्।

नेता पौडेलले सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग भेटवार्ता गरी पार्टी उत्पन्न विवाद समाधान गर्ने विषयमा छलफल गरेका थिए।
‘उहाँले भेटौं भनेपछि म र गोकर्णजी गएका हौं’, नेता पाण्डेले भने, ‘छलफलको सुरुवात भएको छ। यो सकारात्मक कुरो हो।’

उनले भेटमा आफूहरुले प्रस्ट कुरो राखेको बताए। उनका अनुसार  पार्टीमा देखापरेको पछिल्लो समस्याबारे छलफल भए पनि ठोस निष्कर्ष भने केही निस्कन सकेन। पौडेलले नेताद्वयलाई नागपोखरीस्थित होटल मेरियटमा डाकेका थिए।

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech