८ बैशाख २०८१, शनिबार

कोहलपुरमा कोभिड १९ समस्या समाधान तथा समन्वय समिति निमार्ण
  • न्युज मानसराेवर

बाँके कोहलपुर ।  कोभिड १९  संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कोहलपुर नगरपालिकामा सर्वदलिय बैठक सम्पन्न गरिएको छ । बैठकमा लुम्बिनी प्रदेश माननिय तथा निवर्तमान मन्त्री आरती पौडेलको अध्यक्षतामा उच्च स्तरीय कोभिड १९ समस्या समाधान तथा समन्वय समिति बनेको छ ।

समन्वय समितिमा राष्ट्रिय मान्यता प्राप्त दलका प्रतिनिधि जिल्ला स्थित सरोकारवाला निकाय रहने सर्वदलिय बैठकमा सहभागि कोहलपुर नगरपालिका आर्थिक विकास समिति संयोजक डिल ब परियारले जानकारी गराए ।

बैठकमा  अक्सिजनको अभाव हुन नदिने, संक्रमितको उपचार प्रभावकारी बनाउन र औषधिमा हुन सक्ने कालो बजारीलाई नियन्त्रण गर्ने बिषयमा छलफलका समेत गरिएको थियो ।  बैठकले विभिन्न निर्णय समेत गरेको छ ।

बैठकले   उद्योगहरुमा रहेका अक्सिजनका सिलिन्डरहरु माग गर्ने,  भेरी अस्पताल नेपालगन्ज र कोहलपुर मेडिकल कलेज कोहलपुरले अनिवार्य रुपले कोभिडका बिरामी भर्ना लिनु पर्ने , निजि अस्पतालले पनि कोरोना चेक जाँच सुरु गर्नेु पर्ने , अक्सिजनको अभाव हुन नदिन उत्पादन कम्पनीले बाँकेलाई ६० प्रतिशत अक्सिजन उपलब्ध गराउनु पर्ने  र अक्सिजन उत्पादनका लागि आवश्यक विद्युत  आपूर्तिलाई सहज बनाउन पहल गर्ने बताइएको छ ।

यसै गरी बैठकले   कोहलपुर नगरपालिकाभित्र होम आईसोलेसनमा बसेका बिरामीहरुको उपचारका लागि डाक्टर सहितको घुम्ति सिविर संचालन गर्न पहल गर्ने  र बाँकेमा रहेका नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालमा पनि कोरोना चेक जाँच गर्ने व्यवस्था मिलाउन पहल गर्ने कोरोना पोजिटिभ भई उपचार्थ रहनु भएका बिरामीलाई मानसिक असर नपरोस भन्ने उद्देश्यले कोरोनाबाट मत्यु भएकाहरुको तस्बिर समाजिक सञ्जालमा नराख्न अनुरोध गर्ने ।

निजी अस्पतालले सरकारले बनाएको मापदण्ड र शुल्क लिएर मात्र उपचार गर्नु पर्ने । बढि शुल्क लिने अस्पताललाई कार्वाहीका लागि सम्बन्धित निकायमा जानकारी गराउने र एक उच्य स्तरीय समन्वय तथा अनुगमन समिति बनाउने गरि सर्वदलिय सर्वपक्षिय बैठक सम्पन्न गरिएको हो ।

सर्व दलिय बैठकमा लुम्बिनी प्रदेश माननिय तथा पूर्व मन्त्री आरती पौडेलको समेत सहभागिता रहेको थियो ।

बैठकमा नेकपा एमालेका सुर्य ढकाल नेपाली काग्रेसका बलराम शर्मा नेकपा माओवादी केन्द्रका नरेन्द्र न्यौपाने लगाएत राजनितिक दलको सहभागिता रहेको थियो ।

बैठकमा कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावत ,उप मेयर , जनप्रतिनिधि,  जिल्लाका सिडियो ,जिल्ला प्रहरी प्रमुख , कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लगाएत सरोकारवाला नियकाको सहभागितामा सर्वदलिय बैठक सम्पन्न गरिएको  हो ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech