८ बैशाख २०८१, शनिबार

४ घण्टामा ९ हजार १९६ संक्रमित थपिए, ५० जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  गत २४ घण्टामा देशभर ९ हजार १९६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ जनाको पीसीआर र ४९५ जनाको एन्टिजेन परीक्षण भएकोमा ९ हजार १९६ जनालाई संक्रमण पुष्टि भएको हो। जसमध्ये ९ हजार २३ जनाको पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने १७३ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ५० जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। हाल सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ छ । त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २ हजार ९०५ छ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech