७ बैशाख २०८१, शुक्रबार

संसदमा कोरोना परीक्षण गराएकामध्ये १६० जनाको रिपोर्ट पोजेटिभ
  • न्युज मानसराेवर

काठमाडौं- वैशाख २७ गते बस्ने संघीय संसदको बैठकका लागि कोरोना परीक्षण गराएका सांसद, संसदका कर्मचारी तथा पत्रकारमध्ये १६० जनाको रिपोर्ट पोजेटिभ आएको छ।

यही वैशाख २२, २३ र २४ गते गरिएको १ हजार २३५ जनाको परीक्षणमा ११.९७ प्रतिशतमा कोरोना पुष्टि भएको संसद सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार २०५ जना सांसद तथा १ हजार ३० जना कर्मचारी एवम् पत्रकारको कोरोना परीक्षण गरिएको थियो। जसमध्ये राष्ट्रियसभाका १ सहित १९ जना सांसदको रिपोर्ट पोजेटिभ आएको छ।

त्यस्तै सघीय संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार र संसद रहेको बीआईसीसीका कर्मचारी गरी १४१ जनामा कोरोना पष्टि भएको छ।

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech