८ बैशाख २०८१, शनिबार

आजको मेरो रिपोटिङ डायरी

पछिल्लो समय जिल्ला निरिक्षणमा निर्वतमान मन्त्री आरती पौडेल

  • रबि रोकाया

बाँके बैजनाथ ।  पछिल्लो समय कोभिड १९ ले तातिएको  जिल्ला बाँकेको एउटा पत्रकार हुँ  म । धेरै  कोभिड १९ का संक्रमणले मृत्युका समाचार बनाउँदा का  पिडा आफ्नै मन लाई छदै छ ।  कहिले कही त लाग्छ मृत्यु भन्दा पनि कोरना जित्नेहरुको समाचार बनाउदा हर्षित  बन्छ  मन र तिब्र गति लिन थाल्छन् यी हातहरु समाचार बनाउन ।

पछिल्लो समय मृत्यु भन्दा पनि कोरना जित्नेहरुको समाचारमा नै केन्द्रित हुने चाहना हुन्छ यसले  आत्म बल बृद्धि हुन्छ भन्ने मेरो मान्यता हो । तर पत्रकारको  मान्यता  र  चाहनाले    केही फरक पर्ने वाला छैन ।  यहाँ चाहना पुरा हुने भए त  हाम्रो देश स्विट्जरलैंड आदी भइसक्थ्यो होला ।  तर पनि आम नागरिकहरुको चाहना कोभिड १९ माथी  विजयी  प्राप्त भइदिएको भए हुन्थ्यो भन्ने नै छ  यो मेरो चाहना पनि हो ।

कोभिड १९ बारे जानकारी दिने उदेश्यले निर्मित पत्रकार र जिल्ला स्थित कोभिड फोकल पर्सन तेज वली सम्मेलित फेसबुक ग्रुपमा आएका जानकारीले मन नै खल्लो हुने गर्छ तर काम हो मन बलियो बनाउदै समाचार बनाउन अग्रसर भईन्छ।तर तनाबमा।आज शनिबार विहाना फोन आयो।फोन थियो नेकपा जिल्ला अध्यक्ष सुर्य ढकालको संवाद भयो जिल्लाको अवस्था के कस्तो छ निर्वतमान मन्त्री सहित १२ बजे  निस्कौ न के कति भ्याइन्छ बुुझौ। अ.अ.हुन्छ मेरो जवाफ।..  घरमा जीवन संगिनी आफै होम आइसोलेसनमा छिन् । उनी स्वास्थ्यकर्मी हुन् ।

यात्रा शुरु

निर्वतमान मन्त्री तथा लुम्बनी प्रदेश सांसद आरती पौडेलले जिल्लाको पछिल्लो अवस्था बारे विभिन्न आइसोलेसन केन्द्र ,कोभिड अस्पतालको अनुगमन तथा निरिक्षण गर्न आफ्नो इच्या रहेको बताइन् । के छ अवस्था सुरक्षित रहनु नै आजको आवश्यक हो  यस्तै   यस्ता संवादले आज शनिबारको यात्रा शुरु गरियो ।

बैजनाथ गाउँपालिका  बैजनाथ गाउँपालिकामा   २० बेडको आइसोलेसन केन्द्र सञ्चालन रहेको छ भने १५ वटा अस्सिजनको व्यवस्थापन गरिएको छ । हाल ११ जना आइसोलेसनमा छन् जसमा ९ जना पुरुष २ जना महिला छन् । अरु  ५ वटा सामान्य वेड छ यसै गरी प्रत्येक वडामा फोकल पर्सन तोकिएको छ । होम आइसोलेसन ६३ जना पुरुष ५० जना महिला गरी १ सय १३ जना होम आइसोलेसनमा छन् । उनीहरुलाई प्रत्येक्ष स्वास्थ्यकर्मीहरुले निगरानी गरिरहेका छन् । संक्रमित उपचारत्त विरामीहरु औषधी खाने व्यवस्थापन सबै स्थानीय सरकारले गरेको छ ।

खजुरा गाउँपालिका खजुरा गाउँपालिकामा ४० बेडको आइसोलेसन केन्द्र स्थापना गरिएको छ । २० बेड अक्सिजन रर बाँकी २० वेड सामान्य छ । हाल ४ जना अक्सिजनमा उपचारत्त छन् भने बाँकी १६ जना सामान्य उपचारत्त छन् ।  एक सय ४ महिला र पुरुष ९३ गरी १ सय ९७ जना होम आईसोलेसनमा छन् उपचारत्त  ।  संक्रमितहरुलाई निशुल्क औषधी र खाने व्यवस्था गरिएको छ । वडा स्तरमा स्वास्थ्य फोकल पर्सन तोकिएको छ  । होम आईसुलेसनमा रहेका संक्रमितहरुको अवस्था बारे जानकारी लिने र परामर्श सेवा विस्तार गरिएको छ ।

कोहलपुर नगरपालिका
कोहलपुर नगरपालिकाले कोभिड अस्पताल १ र आइसोलेसन केन्द्र १ गरी सेवा विस्तार गरेको छ । कोहलपुर वडा न २ मा कोभिड अस्पताल मा हाल पुरुष २ जना उपचारत्त छन्   यसै गरी होम आइसोलेसमा नौ सय उन्चालिस । उनीहरुलाई वडा स्तरमा रहका स्वास्थ्यकर्मीहरुले दैनिक स्वास्थ्य अवस्था बारे जानकारी लिने र मनोपरामर्श सेवा दिने गरेका छन् । यसै गरी आइसोलेसन केन्द्र वडा न ८ पिपरीमा संचालन गरिएको छ । त्यहा हाल १०  जना उपचारत्त छन् उनीहरु मध्य ३ जना महिला र ७ जना पुरुष छन् उनीहरुलाई अक्सिजनमा राखिएको छ भने संक्रमितहरुलाई खाना र औषधीको निशुल्क व्यवस्थापन गरिएको छ । आज मात्र  १ सय १३ जनाले कोभिड संक्रमण बाट निको भएका छन ।

पौडेलले जिल्लाका खजुरा गाउँपालिका ,बैजनाथ गाउँपलिका , कोहलपुर नगरपालिका मा संचालनमा ल्याइएका कोभिड अस्पताल र आइसोलेसन केन्द्रको शनिबार अनुगमन गरेकी हुन् ।

पौडेलले संचालित केन्द्रहरुमा बिरामी तथा स्वास्थ्यकर्मीहरु संग संवाद समेत गरिन् । उनले बैजनाथ गाउँपािलका कोभिड अस्पतालमा भर्ना भएका विरामीहरु संग मनोपरामर्श समेत गरेकी थिइन् । बैजनाथ गाउँपालिकामा संचालित अस्पतालमा युवाहरुको क्रियाशिल्ता लाई उनले धन्यवाद समेत दिइन् यसै गरी पौडेलले स्थानीय सरकार जनप्रतिनिधिहरु संग संवाद समेत गरिन् ।

संवादमा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले अक्सिजनको व्यवस्थापन गर्नाका लागि आग्रह गरेका थिए ।
यसै गरी खजुरा गाउँपालिका अध्यक्ष किस्मत कक्षपति संग गाउँपालिका पछिल्लो अवस्था बारे जानकारी लिइन् भने खजुरा स्थित आइसोलेसन केन्द्रको अनुगमन गरिन् । पौडेलले आइसुलेसन केन्द्रका फोकल पर्सन सुदिप पौडेल संग स्थिति बारे जानकारी लिइन् ।

अब  ४ बज्यो  बाँकी अर्को दिन अरु स्थानीय तहहरुमा जानु पर्छ है भाई   आरती पौडेल  ( निर्वतमान मन्त्री  लुम्बिनी प्रदेश )   हुन्छ सुरक्षित भइयो भने ।

यो समाचार बनाउदै गर्दा  पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ८२ सय ८७ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लाका प्रयोगशालामा गरिएको १७ हजार ३ सय १५ पीसीआर परीक्षणबाट ८२ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ ।

यसै गरी  ५३ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो समेत गरी मृतकको संख्या ३ हजार ६ सय ३२ पुगेको छ । २४ घण्टामा एन्टिजेन विधिबाट गरिएको ९ सय ९८ परीक्षणमा १ सय ३१ जनामा पोजिटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७० जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ९८ हजार ७ सय ६५ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या भने ८३ हजार ४ सय ९८ पुगेको छ । क्वारेन्टाइनमा रहनेको संख्या ३ सय ९८ रहेको मन्त्रालयले जनाएको छ । हालसम्म पीसीआर परीक्षण २६ लाख १५ हजार ७ सय २० गरिएको छ ।

 

 

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech