१६ चैत्र २०८०, शुक्रबार

बैजनाथमा आकस्मिक कक्ष मार्फत सेवा समेत विस्तार गरेका छौँ –लक्षमण शाही
  • न्युज मानसराेवर

पछिल्लो समय बाँके जिल्ला कोभिड –१९ दोस्रो भेरियन्ट व्यापक रुपमा फैलिएको छ । जिल्लाका आठै वटा स्थानीय सरकार कोभिड आइसोलेसन केन्द्र स्थापना गर्दै कोभिड –१९ दोस्रो भेरियन्ट संग युद्ध लडिरहेका छन् । अन्य जिल्ला भन्दा मृत्यु दर समेत बाँकेमा बृद्धि भइरहेको छ । आम नागरिक होम आइसोलेसन मा पनि व्यापक रुपमा संक्रमितहरु छन् । जिल्लाका अस्पतालहरु समेत विरामीहरुको चापले थेक्न नसक्ने अवस्थामा पुगेका छन् । यसै सन्दर्भमा हामीले आज बाँके जिल्ला बैजनाथ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख लक्षमण शाही संग कुराकानी गरेका छौँ । कुराकानीको आधारमा सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

दोस्रो चरणको कोभिड –१९ नियन्त्रण गर्नाको लागि बैजनाथ स्वास्थ्य शाखाले के कसरी काम गरिरहेको छ ? सबै भन्दा पहिला त धन्यवाद मुख्य रुपमा दोस्रो चरणको कोभिड –१९ को रोकथाम तथा नियन्त्रणका लागि हामीले वडा स्तरीय स्वास्थ्य शाखाका कर्मचारीहरुलाई अर्लट गरेका छौँ । साथै वडा स्तरीय कोभिड १९ फोकल पर्सन  तोकेका छौँ ।यसले गर्दा वडामा भएका गतिविधिहरु हामीले थहाँ पाउछौँ ।

अनी हामीले कोभिड अस्पताल वा भनौ आइसोलेसन केन्द्र स्थापना गरेका छौँ , जँहा कोभिडका विरामीलाई थप उपचार गर्ने, उनीहरु मनौपरामर्श सेवा दिने जस्ता गतिविधि संञ्चालन गरिएको छ हाल लाई २० शैया बेडको सेवा उपलब्ध छ जहाँ १५ वटा शैयामा अक्सिजनको व्यवस्था छ र बाँकी  ५ बेड सामान्य व्यवस्थापन गरेका छौँ ।  साथै कोभिड १९ रोकथाम गर्नाका लागि प्रचार आम सञ्चारमाध्यम बाट गरिरहेका छौँ । अझ बैजनाथमा हामीले आकस्मिक कक्ष स्थापना गरेका छौँ जुन कुनै पनि स्थानीय तहले गरेका छैनन् ।

आकस्मिक  कक्ष भन्नाले ? कहिले कंही राती शरीरमा अक्सिजनको अभाव भएर विरामीलाई श्वास फेर्न गाह््रो भयो  र पि.सि.आर वा एन्टिजेन्ट परिक्षण गर्न सम्भव भएन भने त्यसता बिरामीका लागि अहिले कोभिड अस्पतालमा हामीले ५ शैया बेडको आकस्मिक कक्षको व्यवस्थापन गरेका हौँ जहाँ आएका विरामीहरुलाई स्वास्थ्य परामर्श का साथै आवश्यक  उपचार समेत गर्ने गरिन्छ ।

यहाँहरुले क्वारेन्टाइन निमार्ण गर्नु भएको  छैन ? पहिलो चरणमा हामीले प्रत्येक वडामा क्वारेन्टाइन स्थापना गरेका थियौ तर अहिले हामीले त्यो सेवा शुरु गरेका छैनौ । तर होम आइसोलेसनमा रहेका वडागत रुपमा हामीले विवरण लिने तर उहाँहरुलाई समेत उपचार र मनोपरामर्श सेवा दिने गरेका छौ । हाल होम आइसोलेसनमा कति जना कोभिड १९ का संक्रमित हुनुहुन्छ ?

हामी संग अहिले होम आइसोलेसनमा १ सय १३ जना हुनुहुन्छ जसमा पुरुष ६३ जना हुनुहुन्छ भने महिला ५० जना हुनुहुन्छ । उहाँहरुलाई प्रत्यक्ष स्वास्थ्यकर्मीहरुको निगरानीमा राखेका छौँ, मनोपरामर्श सेवा समेत दिने गरेका छौँ ।

पी.सी.आर सेवा के  कसरी गरी रहनु भएको छ ? पहिलो चरणमा हामीले पि.सी.आर गरेका थियौ तर अहिले भारत बाट आउने वा बैदेशिक रोजगारी बाट र्फिता हुने हरुलाई  सिमा नाकामा नै पि.सी.आर गर्ने गरिन्छ। त्यहा संक्रमित फेला परेको खण्डमा हामीले उहाँहरुको अवस्था हेरेर स्वास्थ्य सेवा दिने गरेका छौँ ।धेरै गाह्रो अवस्थाका विरामीहरुलाई हामीले भेरी अस्पताल नेपालगञ्जमा रिफर गछौ्रँ । पि.सी.आर  गर्ने प्रविधि हामी संग छ तर भेरी अस्पतामा पि.सी.आर र चेकअप गर्ने एन्टी जेन नभएका कारण रोकिएको छ विस्तारै पि.सी.आर सेवा समेत विस्तार गर्ने योजना हामीले बनाएका छौँ ।

कोभिड अस्पताल वा आइसोलेसन केन्द्रमा कस्ता सेवा विस्तार गरिएको छ ? हामीले एक जना डाक्टर र २ जना स्टाफ नर्सको दरबन्दि नै गरेका छौँ उहाँहरु २४ घण्टा सेवा दिनु हुन्छ सारै अप्ठेरोमा रहेका उहाँहरुलाई अक्सिजन नै आवश्यक पर्ने विरामीहरुको उपचार हुन्छ । त्यहाँ उहाँहरुलाई औषधी र खाने साथै मनोपरामर्श सेवा निशुल्क रुपमा  दिने काम हुन्छ । हाल ११ जनाले अक्सिजनाको मा हुनुहुन्छ जस मध्य ९ जना पुरुष र २ जना महिला हुनुहुन्छ ।

जिल्लामा अक्सिजनको अभाव भएका कुरा छन् बैजनाथ कोभिड अस्पतालमा अक्सिजनको अवस्था कस्तो छ ? अब अहिले अक्सिजन जति जना हुनुहुन्छ उहाँहरुलाई अक्सिजन छ दैनिक रुपमा अक्सिजन भर्ने काम पनि भइरहेको छ ।  जति जना हुनुहुन्छ उहाँहरुलाई अभाव छैन । यो संक्रमण थपिएको खण्डमा गाह्रो हुन्छ त्यसका लागि हामीले आम नागरिकहरुलाई सुरक्षित रहन आग्रह गरिरहेका छौँ ।

गत साल कोभिड १९ संग जुत्ने स्वास्थ्यकर्मीहरुले प्रोत्साहन भत्ता नपाएका गुनासा हरु व्यापक रुपमा  सुनिएको थियो ? यस सम्बन्धित बैजनाथमा कुनै समस्या छ ? जोखिम भत्ताको कुरा गर्नु भयो  गत साल २७ लाख ७९ हजार केन्द्रिय सरकार संग हामीले माग गरेका थियौ तर स्वास्थ्य  मन्त्रालय बाट आएन दिन सक्दैनौ भन्ने कुरा आयो  तर स्थानीय सरकार खास गरी बैजनाथ गाउँपालिकाले कोभिड– १९ संग जुत्ने जो फन्ट लाइनमा काम गर्ने उहाँहरुले पाउनु भएको छ ।

अन्तिममा यहाँ आफै स्वास्थ्यकर्मी हुनुहुन्छ स्वास्थ्य शाखाको प्रमुख पनि र  यहाँको  परिस्थिति नाजुक छ केही भनाइ छ यहाँको ? अवस्था  नाजुक नै छ हामी स्वास्थ्यकर्मी भएका कारण हामीले यस्तो समयमा काम गर्दैनौ भन्न पाउदैनौ त्यसैले हामी स्वास्थ्य मापदण्ड अप्नाएर काम गछौँ र सबै यस शाखा संग आवद्ध स्वास्थ्यकर्मीहरुलाई अनुरोध पनि छ उच्च मनोवलका साथ काम  गदै हुनुहुन्छ बैजनाथमा पनि २ जना स्वास्थ्यकर्मी कोरना पोजिटिभ हुनु भएको थियो उहाँहरुलाई अहिले निको भइसकेको छ । अब अन्य स्वास्थ्यकर्मी जो कामका हुनुहुन्छ उहाँहरुलाई पनि उच्च मनोवलका साथ काम गर्न आग्रह गर्दछु र यही सञ्चार माध्यम बाट सबैलाई आह्व गर्न चाहन्छु स्वास्थ्य मापदण्डका साथ घरमा नै सुरक्षित बस्नु होला ।

 

 

 

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech