७ बैशाख २०८१, शुक्रबार

कोहलपुरमा निको भए ६० कोभिड संक्रमित
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर नगरपालिकाका होम आइसोलेसन मा रहेका ६० जना कोभिड १९ का संक्रमितहरु निको भएका छन् । निको हुने उनीहरु मध्य पुरुष ३३ महिला २७ जना छन् ।

कूल होम आइसोलेसनमा हाल नौ सय २९ जना छन् । उनीहरु मध्य पुरुष चार सय ६५ छन् भने महिला छ सय ६४ छन् ।

कोहलपुर नगरपालिकाले संञ्चालन गरेको कोभिड अस्पतालमा भने १८ जना उपचारत्त छन् । उनीहरु मध्य ६ महिला १२
पुरुष छन् । उपचारत्त ६ महिला र ९ जना गरी १५ जना अक्सिजन दिइएको छ ।

बाँकी  ३ जना सामान्य उपचारमा रहेको कोहलपुर कोभिड १९ फोकल पर्सन गेहराज खनालले जानकारी दिए । खनालका अनुसार आइसोलेसन केन्द्रमा १७ जना उपचारत्त छन् । खनालले दिएका जानकारी अनुसार उनीहरु मध्य ४ जना महिला र बाँकी १३ जना पुरुष रहेका छन् भने कूल ७ जना लाई अक्सिजन दिइएको छ भने बाँकी १० जना सामान्य उपचारत्त रहेको बताइएको छ ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech