१५ चैत्र २०८०, बिहीबार

राजीनामा नदिएर एकताका निम्ति अन्तिम अवसर दिएका छौं : माधव नेपाल
  • न्युज मानसराेवर

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका निम्ति अन्तिम प्रयास गर्न सांसद पदबाट राजीनामा नदिएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने संसद् बैठकमा अनुपस्थित हुने निर्णय पार्टी एकताकै निम्ति भएको उनको दावी छ ।

‘हामीले अहिलेसम्म पनि सम्बन्धविच्छेद गरिसकेका छैनौं’ नेता नेपालले भने, ‘राजीनामा दिएपछि त सम्बन्धविच्छेद भइगयो नि ।’ अझै पनि पार्टी एकताका निम्ति ओलीलाई अवसर दिएको उनले बताए ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech