१३ बैशाख २०८१, बिहीबार

पत्रकार महासंघ बाँकेले क्रियाशिल्ता बढायो

महासंघद्धारा डा. योगीलाई कोभिड परामर्शदाता नियुक्त

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेपाल पत्रकार महासंघ बाँके शाखाले कोरोना संक्रमणमा परेका पत्रकारहरुको उपचार परामर्शका लागि फिजिसियन/फोक्सो रोग बिशेषज्ञ डा. सुभाष योगीलाई परामर्शदाता नियुक्त गरेको छ । सोमवार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी र डा. योगीबीच उक्त विषयमा सम्झौता भएको छ ।

पत्रकार महासंघका अध्यक्ष  दामोरद भण्डारी आफ्नो फेस बुकमा उक्त विषय उल्लेख गर्नुका साथै सझौता गरिएको तस्विर समेत पोष्ट गरेका छन् ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech