१२ श्रावण २०८१, शनिबार

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी ३०–३९ उमेरका व्यक्ति संक्रमित
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर नौ हजार चार ८३ जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये  ३० देखि ३९ वर्ष उमेर समूहका दुई हजार ११४ जना छन्।

यस्तै २० देखि २९ वर्षसम्मका दुई हजार १० जना संक्रमित भएका छन्। शून्य वर्षदेखि ९ वर्षसम्मका २४६ जना, १० देखि १९ वर्षसम्मका ६८६ जना र ४० देखि ४९ वर्ष उमेर समूहका एक हजार सात सय पाँच जना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार ४० देखि ५९ उमेर समूहमा एक हजार तीन सय तीन जना, ६० देखि ६९ उमेर समूहमा ७४५, ७० देखि ७९ वर्ष उमेर समूहका ३३२ जना संक्रमित भएका छन्। यस्तै ८० देखि ८९ वर्ष उमेर समूहमा ११२  जना र ९० देखि १०० वर्ष उमेर समूहका १६ जनामा संक्रमण भएको छ। ४८ जनाको भने उमेर खुलेको छैन।

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech