११ बैशाख २०८१, मंगलवार

नयाँ सरकार गठनका लागि दिइएको समयसीमा आज सकिँदै
  • न्युज मानसराेवर

बाँके बैजनाथ।  नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दललाई दिएको तीनदिनको समयसीमा आज सकिँदैछ।

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार संसदमा विश्वासको मत लिन नसकेपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेकी थिइन्।

विपक्षी दलले बहुमत पुर्याएर राष्ट्रपतिसमक्ष नयाँ प्रधानमन्त्रीको नाम पेस गर्न नसके संसदमा सबैभन्दा धेरै सांसद रहेको दलको नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने छ ।

संसदमा अहिले सबैभन्दा ठूलो दल एमाले हो । र, त्यसको संसदीय दलका नेता केपी शर्मा ओली नै हुन्। विपक्षी दलले बहुमतसहित दाबी पेश गर्ने बताए पनि अहिलेसम्म ठोस निष्कर्ष निस्केको छैन।

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech