१३ बैशाख २०८१, बिहीबार

भारतमा रुसी भ्याक्सिनको मूल्य भारु ९९५.५०, नेपालमा मूल्य कति ?
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  भारतको प्रतिष्ठित औषधी उत्पादक कम्पनी डा।रेड्डिज ल्याबले भ्याक्सिनको आपूर्तिको जिम्मा पाएको छ । उक्त कम्पनीले हैदरावादमा पहिलो डोजको खोप प्रयोगमा ल्याउँदा करसहित भारु, ९९५.५० मूल्य तोकेको इन्डियन एक्सप्रेसले जनाएको छ ।

स्पुतनिक भी रुसको गेमिलियाले विकास गरेको विश्वमै पहिलोपटक प्रयोगमा ल्याइएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन हो । उक्त कम्पनीले यसको ९० प्रतिशतभन्दा बढी प्रभावकारिता देखिएको जनाएको छ ।

नेपालमा पनि स्पुतनिक भी ८० लाख डोज ल्याउने पहल भइरहेको छ । नेपालमा यसको मूल्य भारतको जत्तिकै पर्ने बुझिएको छ । भारतमा नेपाली रुपैयाँ १५९२.८० पर्न गएको छ । नेपालमा यसको मूल्य १६ सय देखि २ हजार रुपैयाँको बीचमा पर्न जाने बुझिएको छ । लोमसले स्पुतनिक भी ल्याउने अनुमती पाइसकेको छ ।

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech