१३ बैशाख २०८१, बिहीबार

मन्त्रिपरिषद्मा पुरानै अनुहारलाई निरन्तरता दिँदै ओली
  • न्युज मानसराेवर

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा पुरानै अनुहारलाई निरन्तरता दिने तयारी गरेका छन्। ओलीले केही बेरपछि प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।

संविधानअनुसार संघीय संसद्मा जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्नेछ। सोही कारण हाल कायम मन्त्रीहरुलाई निरन्तरता दिन तयारी गरिएको उनी निकटका एक नेताले नेपाल समयलाई जानकारी दिए।

उनले भने, ‘पुरानै टोलीले शपथ लिनेछ। बजेटसम्मलाई अहिले जो छ उसैले निरन्तरता पाउनेछ।’

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech