बाँके बैजनाथ । बैजनाथ गाउँपालिका स्वास्थ्य शाखाले हाइ अलर्ट सुरक्षित रहन आफ्ना नागरिकहरु लाई अपील गरेको छ ।
जिल्लामा दैनिक कोभिड १९ का संक्रमण फेला हुन थालेपछि स्वास्थ्य शाखाले नागरिकहरुमा आग्रह गरेको हो ।
हाल सम्म बैजनाथ गाउँपालिकामा होम आइसोलेसन मा एक सय एकसठी कोभिड १९ का संक्रमित पुगेका छन् ।
होम आइसोलेसनमा पुरुष ९६ जना महिला ६६ गरी एक सय एकसठी पुगेका छन् । उनीहरुलाई वडा स्तरीय स्वास्थ्य शाखा र फोकल
पर्सनले परामर्श सेवा उपलब्ध गराईको बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्षमण शाहीले जानकारी गराएका छन् ।
यो संख्या बृद्धि हुन नदिनका लागि आम नागरिकहरुलाई सुरक्षित रहन आग्रह गरिएको शाहीले उल्लेख गरेका छन् ।
यसै गरी कोभिड अस्थायी अस्पतालमा १२ जना उपचारत्त छन् । जस मध्य १० जना पुरुष र २ जना महिला रहेको स्वास्थ्य शाखा स्टाफ नर्स लक्ष्मी रोकायाले भनिन् ।
संख्याको मापन गर्न आज बाट आर .डी. टि परिक्षण शुरुवात गरिएको बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले उल्लेख गरे । उनले २१ जनाको आर.डी.टी परिक्षण गर्दा ३ जना पोजटिभ देखिएको छ उनले भने अब उहाँहरुको पि.सी.आर परिक्षण गरिने जानकारी गराए ।