७ बैशाख २०८१, शुक्रबार

बाँकेमा प्रहरीका लागि अक्सिजनसहितको १० बेडको आइसोलेसन
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँके प्रहरीले आफ्ना सहकर्मीका लागि १० बेड क्षमताको अक्सिजनसहितको आइसोलेसन केन्द्र बनाएको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोभिड–१९ बाट संक्रमित प्रहरी कर्मचारीहरुलाई आइसोलेसनमा राख्न नेपालगन्ज उपमहानगरपालिका १० गणेशमान चोकमा रहेको निःशुल्क लागूऔषध परामर्श केन्द्रको भवनमा आसोलेसन केन्द्र निर्माण गरिएको हो ।

डियुटीको दौरानमा कोरोना संक्रमित हुने प्रहरीहरुका लागि छुट्टै १० बेडको आइसोलेसन केन्द्र तयार पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए । उनले ४ बेड अक्सिजनसहितको रहेको र बाँकी बेड नर्मल अवस्थाको तयार गरिएको बताए ।

मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्जको प्राविधिक सहयोग सहकार्यमा अक्सिजनसहितको ४ बेड र साधारण ६ वटा गरी १० बेड क्षमता भएको आइसोलेसन केन्द्र स्थपना गरिएको हो ।

बाँकेमा दोस्रो भेरियन्टको कोरोना संक्रमण फैलिएपछि ४१ जना प्रहरी कर्तव्यपालनको क्रममा संक्रमित भएका र तीमध्ये ३१ जना कोरोना संक्रमणमुक्त भई घर फर्केको प्रहरी उपरीक्षक रानाले बताए ।

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech