१६ चैत्र २०८०, शुक्रबार

माधव नेपाल पनि पुगे देउवा निवास

नयाँ सरकार गठनबारे देउवा, दाहाल र नेपालबीच छलफल हुँदै

  • न्युज मानसराेवर

काठमाडौँ — नयाँ सरकार गठनका विकल्पबारे सबै पक्षसँग छलफल गर्ने कांग्रेस पदाधिकारी बैठकको निर्णय लगत्तै दलका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुढानिलकण्ठ पुगेसँगै एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल पनि छलफलका लागि पुगेका छन् ।

संविधानको धारा ७६ (५) अनुसार सरकार बनाउनका लागि बहुमत सिद्ध गर्न राष्ट्रपतिले दिएको समय आजै सकिदैछ । यस्तो सरकारको गठन र नेतृत्वका सम्भावनाबारे बैठकमा छलफल हुने एक कांग्रेस नेताले बताए । उनका अनुसार जसपा नेता उपेन्द्र यादव पनि देउवासँग छलफलका लागि बुढानिलकण्ठ पुग्दैछन् ।

  • ७ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech