८ बैशाख २०८१, शनिबार

बजेट शनिबार अपराह्न ४ बजे
  • न्युज मानसराेवर

काठमाडौं– आगामी आर्थिक वर्षका लागि सरकारले यही शनिबार अध्यादेशमार्फत बजेट सार्वजनिक गर्ने भएको छ।

अर्थ मन्त्रालयका अनुसार शनिबार अपराह्न ४ बजे बजेट सार्वजनिक हुने निर्णय भइसकेको छ।

शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश पारित गरी बजेट सार्वजनिक गरिने छ। प्रधानमन्त्री कार्यालय वा राष्ट्रिय योजना आयोग कहाँबाट बजेट सार्वजनिक गर्ने भन्ने विषयमा भने अझै टुंगो नलागेको अर्थ मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै शुक्रबार दिउँसो २ बजे अर्थ मन्त्रालयले आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने निर्णय भएको छ । अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीका अनुसार अर्थ मन्त्रालयमा जुममार्फत आर्थिक सर्वेक्षण सार्वजनिक गरिनेछ।

अर्थ मन्त्रालयले बुधबार बजेटको रातो किताब पनि छापिसकेको छ। पहेँलो किताब पनि छापिसकेको मन्त्रालयले जानकारी दिएको छ।

  • १३ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech