७ बैशाख २०८१, शुक्रबार

मेयरको घर दैलो अभियान जारी

पछिल्लो समय यो संख्या  २ सय ८७  मा झरेको छ ' नगर स्तरीय कोभिड फोकल पर्सन गेहेराज खनालले जानकारी गराए ।

  • न्युज मानसराेवर

बाँके कोहलपुर । कोहलपुर नगरपालिका मेयर लुट बहादुर (एल्वी) रावतले हाम आइसोलेसनमा रहेका कोरना संक्रमितहरुको अवस्था बारे नगरका वडाहरुमा घर दैलो अभियान जारी राखेका छन् ।

अभियन अन्तगत कोहलपुर वडा न ८ का संक्रमितहरु मेयर रावतले अन्तर संवाद समेत गरे ।

केही समय कोहलपुर नगरपालिका भित्र एजार ७८ को संख्यामा कोरना संक्रमित थिए विस्तारै निको हुदै छन् आशा छ अब सबै चाडै निको हुने छन् , मेयर रावतले भने ।

रावत सगै नगर स्वास्थ्यको टोली वडाका प्रनिनिधि सबै खटिका छन् ।

लुम्बिनी प्रदेश निर्वतमा मन्त्री आरती पौडेल नेकपा एमाले जिल्ला अध्यक्ष सूर्य ढकाल लगाएतको टोलिले स्थायी कोभिड अस्पताल आइसोलेसन केन्द्रको अनुगमन समेत गरेका छन् ।

अनुगमनका क्रममा अस्पतालमा स्वास्थ्य सामाग्रीको मापन , विरामीहरुको तथा स्वास्थ्यकर्मीको अवस्था बारे बुझिएको जिल्ला अध्यक्ष सूर्य ढकालले जानकारी गराए । नगर स्तरीय स्वास्थ्य परार्मश सगै औषधिको उचित व्यवस्थापन हुदाँ कोरना संक्रमण दर घटेको छ ।

पछिल्लो समय यो संख्या  २ सय ८७  मा झरेको छ ‘ नगर स्तरीय कोभिड फोकल पर्सन गेहेराज खनालले जानकारी गराए ।

कूल संक्रमित मध्य    पुरुष एक सय ५१ , महिला एक सय ३५ जना गरी हाल २ सय ८७  होम आइसोलेसनमा छन् ।

उनीहरु नियमित स्वास्थ्यकर्मीहरुको परार्मश सेवा मा छन् ।

खनालले जानकारी दिए अनुसार अस्थायी कोभिड अस्पतालमा ६  जना र आइसोलेसन केन्द्रमा ६ जना उपचाररत्त  छन् ।

यसै गरी एक जना महिलाको मृत्यु भएको छ ।

  • १४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech