१५ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपरान्ह ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले सिंहदरबारबाट शुक्रबार अपरान्ह सम्बोधन गर्न लागेका हुन् ।

सरकारले शनिबार अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिरहेका बेला प्रधानमन्त्रीको सम्बोधन त्यसै विषयमा केन्द्रित हुने बताइएको छ । पछिल्लो समय विभिन्न क्षेत्रबाट सरकारलाई अध्यादेशबाट बजेट नल्याउन सुझाव आइरहेको छ ।

प्रधानमन्त्री ओलीले कोरोना महामारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि केही बोल्न सक्ने आकलन गरिएको छ ।

  • १४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech