११ बैशाख २०८१, मंगलवार

३१ पोइन्ट रगत संकलन
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेकपा एमाले (माधव नेपाल समुह) बाकेले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ पोइन्ट रगत संकलन भएको छ । ब्लड बैंकमा रगतको अभाव देखिएपछि आकस्मिक रुपमा आयोजना गरीएको रक्तदान कार्यक्रममा ३१ पोइन्ट रगत संकलन भएको एमाले बाँकेका युवा नेता राजु रुचालले जानकारी गराए ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर परिसरमा शुक्रबार बिहान ८ बजेदेखी रक्तदान कार्यक्रम आयोजना गरीएको
थियो । रक्तदानमा कार्यक्रममा स्थानिय नेता तथा कार्यकर्ताले रगत दान गरेको रुचालले भने आगामी दिनमा समेत आवश्यकता अनुसार रक्तदान अभियानलाई निरन्तरता दिईने  युवा नेता दिल विश्वकर्माले जानकारी गराए ।

  • १४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech