बाँके बैजनाथ । लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा दृगनारायण पाण्डेय विजयी भएका छन्। उनी विपक्षी गठबन्धनका उम्मेदवार हुन्।
पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ जनाको मत पाएका छन्। यो भनेको ४ हजार १४० मतभार हो। पराजित सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्काले भने प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन्।
यो भनेको ३ हजार ६१२ मतभार हो। निर्वाचनमा प्रदेशतर्फ ८३ र स्थानीय तहतर्फ २१४ गरी २९७ मत खसेको थियो।