२२ मंसिर २०८१, शनिबार

लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका पाण्डेय विजयी
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा दृगनारायण पाण्डेय विजयी भएका छन्। उनी विपक्षी गठबन्धनका उम्मेदवार हुन्।

पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ जनाको मत पाएका छन्। यो भनेको ४ हजार १४० मतभार हो। पराजित सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्काले भने प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन्।

यो भनेको ३ हजार ६१२ मतभार हो। निर्वाचनमा प्रदेशतर्फ ८३ र स्थानीय तहतर्फ २१४ गरी २९७ मत खसेको थियो।

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech