८ बैशाख २०८१, शनिबार

सलाम छ,स्वास्थ्यकर्मी !
  • रबि रोकाया

बाँके बैजनाथ । कोभिड १९ बाट पहिलो र दोस्रो चरणको लहरमा ७ हजार ३ सय ८६ ज्यान गुमाउनु पर्यो यो दुखद हामी सबैलाई एउटा पिडादायिक घाउँ छदै छ ।

यो  अझै कति सम्म  हुने हो त्यो समय चक्र सगै आत्मवल   मजबुद गर्नु  नै छ हामीले । भन्ने गरिन्छ जीवन अभिरल छ, गति लिुनु नै पर्ने हुन्छ जीवनले ।

त्यो अभिरल जीवनको यात्रामा एउटा सहयात्री भनौ एउटा उर्जा प्रेरणादायक भूमिका खोज्ने हामी सबैका माझ अहिले त्यो उर्जा प्रेरणादायक भूमिकाको श्रेय हुन् स्वास्थ्यकर्मी त्यसैले उहाँहरु प्रति सलाम छ ।उहाँहरु सधैव सलामको पात्र रहिरहनु हुन्छ ।

तर पछिल्लो समय स्वास्थ्यकर्मीहरु स्यम आफैपिडामा  छन् । स्वास्थ्यकर्मी माथी हात पात हुनु दुखद मात्र नभइ ज्यान मारा भन्दा माथीको अपराध हो ।  स्वास्थ्यकर्मीको न्यायको यो अन्दोलनमा मरो पनि साथ र समर्थन छ । राज्यले यस तर्फ ध्यान दिन आवश्यक छ ।

देशभरि कोभिड १९ को कलह निरन्तर चलिराखेको छ । जिल्लाहरु लक डाउन छ । बाँके जिल्ला भरी मृत्यु हुने को संख्या मात्र २ सय ९३ र अन्य जिल्लाका गरी २ सय ८८ पुगेको जिल्ला कोडिभ फोकल पर्सन तेज वलीले जानकारी गराएका छन् ।

महामारिले बाँकेका सबै स्थानीय तह पिडादाहिक बन्न्न पुगे सबै भन्दा बढी नेपालगञ्ज पछि बाँकेको कोहलपुर क्षेत्र पनि कोरना संक्रमणको पिडादाहिक क्षेत्र बन्न पुगेको थियो । संक्रमित संख्या मात्र १ हजार ७८ पुगेको थियो । एक प्रकारको सन्नाटा आभाषको अवस्थामा ,तर त्यही पिडादाहिक स्वास्थ्यकर्मीहरुको सक्रियताले संक्रमित संख्या १ सय ९५ मा झरेको छ ।

मनमा पिडाहरु भए पनि  स्वास्थ्यकर्मीहरुको धर्म ,कर्म नै विरामीको उपचार हो ,भन्छन् कोहलपुर नगरपालिका कोभिड फोकल पर्सन गेहराज खानाल । कोहलपुर स्वास्थ्य शाखा सिआईसीटी टीम र  जनप्रतिनिधिहरु वडा वडामा परिचालित छन् ।

सबै भन्दा पहिला त विरामी संग भेटघाट उहाँहरुलाई मनौपरामर्श सेवा समयमा औषधी उपचारको निरन्तरता संक्रमित संख्या घट्दै जानुको मुख्य कारण हो , खनालको बुझाई  र सिकाइ रहेको छ ।

आज मात्र कोहलपुरमा ५८ जना संक्रमित निको भएका छन् । उनीहरु मध्य पुरुष ३६ जना महिला २२ छन् ।

कूल संक्रमित मध्य अब एक सय ६ जना पुरुष र ८९ जना महिला संक्रमित कोरना मुक्त हुन बाँकी छन् उनीहरु पनि केही दिनमा नै निको हुने अनुमान गरिएको छ ।

संक्रमित उहाँहरुको उपचारमा स्थानय तह बाट हुने कुनै कमि अभाव नहुने कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावत (एल्बी) बताउछन् । मेय रावत भ्याए सम्म दैनिक घर दैलो अभियानमा क्रियाशिल हुन्छन् ।

संक्रमित न्यून हुनुमा स्थानीय तहले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताल र आइसोलेसन केन्द्र पनि प्रमुख हो जहाँ संक्रमितहरुको अवस्था अनुसार सेवा विस्तार गरेका छौँ कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपाली भन्छन् ।

हाल आइसोलेसन केन्द्रमा २ जना उपचाररत्त छन् भने कोभिड अस्पतालमा ७ जना उपचाररत्त रहेको गेहराज खनालले जानकारी गराए ।

दोस्रो लहरको कोभिड १९ बाट संक्रमित बालवालिकाको अवस्थाः

दोस्रो लहरको कोभिड १९ बाट बालवालिका समेत संक्रमित भए । संक्रमित पुष्टि भएका बालबालिकाहरु ० देखि  १वर्ष महिला १ जाना पुरुष ४जना गरी जम्मा ५ ,जना ० देखी २ वर्ष महिला २ जना पुरुष ८ जना गरी कूल १० जना , र ० देखि ५ वर्ष महिला ९ पुरुष २० जना गरी कूल २९ जना संक्रमित थिए ।

अब नगरको अभियान के ? कोहलपुर नगरपालिका प्रवक्ता माधव रिजालका अनुसार अब व्ययापक रुपमा पि .सी .आर तथा कोरना टेस्टको दायरा बढाउने, मनौपरामर्श सेवा निरन्तर गर्ने ,  नागरिक लाई सचेत बनाउने , स्वास्थ्य उपकरणहरुको थप व्ययवस्थापन गर्ने , स्वास्थ्यकर्मीलाई थप हौसला र तालिम उपलब्ध गराई गुणस्तरीय  सेवामा विस्तार गर्ने ,अपुग स्वास्थ्यकर्मी थप दरबन्दी  सृजना गरिने । कोभिड १९ को तेस्रो लहर हुन नदिन आम नागरिकलाई समेच बनाउने तर्फ केन्द्रित हुने ।

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech