१४ बैशाख २०८१, शुक्रबार

यस वर्षको एसईई पनि आन्तरिक मूल्यांकनबाटै
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  यस वर्षको एसईई पनि विद्यालयको आन्तरिक मूल्यांकनकै आधारमा हुने भएको छ । मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणको कारण राष्ट्रव्यापी रूपमा एसईई परीक्षा सञ्चालन गर्न नसकिने भन्दै आन्तरिक  मूल्यांकनबाटै गर्ने  निर्णय लिएको हो ।

असार महिनाअघि नै एसईईको आन्तरिक मूल्यांकन सक्ने तयारी रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै बोर्डले कक्षा १२ को परीक्षा कसरी गर्ने भन्नेबारे मन्त्रालयले आन्तरिक छलफल थालेको तर निर्णयमा पुगिनसकेको शिक्षा मन्त्रालयका अधिकारीले बताएका छन् । छिट्टै कक्षा १२ को परीक्षाबारे पनि निर्णय लिइने तयारीमा मन्त्रालय रहेको छ ।

  • १८ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech