१५ चैत्र २०८०, बिहीबार

अन्तिमसम्म एकताको प्रयास जारी राख्ने एमाले स्थायी कमिटीको निर्णय
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेकपा एमालेले पार्टी एकताका निम्ति अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

पार्टी एकताका लागि लचिलो भएर अन्तिमसम्म प्रयास गर्ने उनले बताए । बैठकमा अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेतामात्रै सहभागी थिए । यसअघि बसेको बैठकले वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालसहित ११ जनालाई पार्टी सदस्यबाट निष्कासित गर्दै उपमहासचिव घनश्याम भुसाललगायत थप १२ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

  • १८ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech