१५ चैत्र २०८०, बिहीबार

प्रेस काउन्सिल अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन्। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई ४ वर्षका लागि काउन्सिल अध्यक्षमा नियुक्त गरेको हो।

अध्यक्षमा नियुक्त भएका भवानी बरालको योग्यता विवादबारे सर्वोच्च अदालतमा मुद्दामा परेपछि काउन्सिलमा अध्यक्ष पद रिक्त थियो। उनको कार्यकाल सकिएपछि बस्नेत काउन्सिल अध्यक्षमा नियुक्त भएका हुन्।

पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य रहेका बस्नेत हालै सम्पन्न निर्वाचन महासंघ निर्वाचनमा महासचिव पदमा लोकतान्त्रिक-प्रगतिशील गठबन्धनसँग पराजित भएका थिए।

बस्नेतले लामो समय कान्तिपुर दैनिकमा काम गरेका थिए।

  • २१ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech