कोहलपुर । कोहलपुर नगरपालिका र लुम्बिनी प्रदेशको साझेदारीमा आधुनिक खोर निमार्णले गति लिएको छ । कोहलपुर नगरपालिका वडा न ८ मा उक्त खोर निमार्ण कार्य शुरु गरिएको हो ।
कूल ३५ लाखमा कोहलपुर नगरपालिकाले १० लाख र प्रदेश सरकारले २५ लाखको साझेदारीमा आधुनिक खोर निमार्ण कार्य शुरु गरिएको कोहलपुर नगरपालिका विधेयक समिति संयोजक भिम नेपालीले जानकारी गराए ।
कोहलपुर नगरपालिका वडा न ८ का अध्यक्ष रेशम खत्रीले आधुनिक खोर निमार्ण कार्यको प्रत्यक्ष रुपमा वडा स्तरीय अनुगमन गरिराखेको उनले भने ।